माछापुच्छ्रे गाउँपालिका एकीकृत समाजवादीका अध्यक्ष अधिकारी मुलघर एमालेमा फर्किए
कास्की | बैशाख २८, २०७९
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एकीकृत समाजवादीका अध्यक्ष रामप्रसाद अधिकारी मूलघर नेकपा एमालेमा नै फर्किएका छन् ।
आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गाउँपालिकामा आयाजित चुनावी भेलामा अधिकारी आफ्नै मूलघर नेकपा एमालेमा नै फर्किएका हुन् । कार्यक्रममा बोल्दै उनले केहीले आफ्नो खुट्टा तान्ने प्रयास गरिरहेको र निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । ‘मेरो खुट्टा तानिरहँदा, मेरो घाँटी निचोरिरहँदा तपाईं खेल मैदानबाट बाहिरिनु भएको छ ।’ उनले भने, ‘त्यसैले म के भन्न चाहन्छु भने कोही कसैले निषेधको राजनीति नगरौं, विचार र विवेकको राजनीति गरौं ।’
अबबाट आफूले एमालेमा रहेर नै राजनीति गर्ने अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य सीता गिरीले गाउँपालिकामा नेकपा एमालेले धेरै विकासका काम गरेको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता प्रदान गर्न फेरी पनि एमालेले जिताउन सूर्य चिन्हमा भोट हाल्न आग्रह गरिन् । ‘नेकपा एमाले भनेको विकासको सोच बोकेको पार्टी हो, परिर्वतनको एजेण्डा बोकेको पार्टी हो । यो कुरा हामीले चुनावमा भोट माग्न मात्रै भनेका होइनौं ।’ उनले भनिन्, ‘समृद्धिको यात्रामा, विकासको अभियानमा, सुखी माछापुच्छ्रेवासी हुनको निम्ति सूर्य चिन्हमा मतदान गरिदिनुहुन अनुरोध गर्छु ।’
भेलामा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले आफूहरु माछापुच्छ्रेको मुहार परिर्वतनका लागि उमेद्वार बनेको बताएका छन् । नेकपा एमालेले देशभरीका स्थानीय तहमा विकासको बाढी ल्याउन उमेद्वार खटाएको उनले बताए । भुगोल तथा क्षेत्रलाई मध्यनजर गर्दै आफूले प्रतिवद्धतापत्र ल्याएको प्रत्यासी गुरुङको भनाई थियो । पार्टीले जितेको खण्डमा गाउँपालिकाको आर्थिक वृद्धिदरसंग जोडिने गुरुङको भनाई छ । गाउँपालिकामा रहेका प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउने उनले बताए । ५ वर्षको अवधीमा आफूहरुले विभिन्न कानुन बनाएको र अब कानुन लागू गर्ने गुरुङले बताएका छन् ।
त्यस्तै गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षकी उमेद्वार सीता तिवारी अधिकारीले गाउँपालिकामा हुने विभिन्न विकास निर्माणका कामहरुमा अवरोध आउने समस्या भइरहेको बताएकी छिन् । विकासका योजना सम्पन्न गर्दा आएका त्यस्ता अवरोधलाई हटाउने आफूले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।
जेष्ठ नागरिकका लागि समेत आफूसंग योजना भएको उपाध्यक्षका प्रत्यासी तिवारीको भनाई छ । ‘गाउँपालिकामा कुनै पनि जेष्ठ नागरिकले भोकको सामना गर्नुपरेको छैन । एमालेको सरकारले ती सबै कुरा पु¥याइरहेको छ ।’ उनले भनिन्, ‘अहिले उहाँहरुलाई मानसिक शान्ति आवश्यक छ, त्यसका लागि उहाँहरुलाई खाजासहितको विश्रामगृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ गाउँपालिकाका महिलालाई आयसंग जोड्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘महिलालाई आय अन्य क्षेत्रमा विकासका काममा ल्याउन कार्यक्रम ल्याउने छु ।’ उनले भनिन् । कार्यक्रममा तिवारीले गाउँपालिकालाई डिजिटलाइजेसन गर्ने घोषणा गरेकी छिन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

